Monday, May 11News That Matters

विश्वमा कोरोना संक्रमितको संख्या साढे ९० लाख नाघ्यो

पूर्णपुष्टि, असार ८

विश्वमा कोरोना संक्रमितको संख्या ९० लाख ४५ हजार नाघेको छ । विश्वको विभिन्न देशमा कोरोना भाईरसको संक्रमणबाट ९० लाख, ४५ हजार ६ सय ४ जना भन्दा बढी संक्रमित भईसकेको वर्लडओमिटरले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ८३ हजार संक्रमित थपिएका छन् । सबैभन्दा बढी अमेरिकामा २३ लाख ५६ हजार ६ सय जना संक्रसमत भएका छन् भने १ लाख २२ हजारको मृत्यु भएको छ ।

त्यस्तै ब्राजिलमा १० लाख ८७ हजार संक्रमित मध्ये ५० हजार भन्दा बढीको मृत्यु गएको छ । त्यस्तै रुसमा ५ लाख ८४ हजार संक्रमित मध्ये ८ हजार १ सयको मृत्यु भएको छ ।

छिमेकी देश भारतमा ४ लाख २७ हजारमा संक्रमित मध्ये १३ हजार ७ सय जनाको मृत्यु भईसकेको वर्लडओमिटरले जनाएको छ ।

विश्वभर कोरोना संक्रमित ९० लाख ४५ हजार मध्ये ४८ लाख ३८ हजार उपचारपछि निको भएका छन् भने ४ लाख ७० हजार पुगेको छ ।