
पूर्णपुष्टि, असार १०
विश्वमा कोरोना संक्रमित मध्ये ५० लाखभन्दा बढी उपचारपछि निको भएका छन् । ५० लाख ४१ हजार ७ सय भन्दा बढी उपचारपछि निको भएको वर्लडओमिटरले जनाएको छ ।
अहिले विश्वमा कोरोना संक्रमितको संख्या ९३ लाख ५० हजार ७ सयमा सङ्क्रमण पुष्टि भएको हो । उक्र संक्रमित मध्ये ४ लाख ७९ हजारको मृत्यु भएको छ ।
कोरोनाबाट अमेरिकामा २४ लाख २४ हजार संक्रमित भएका छन् भने १० लाख २० हजार उपचारपछि निको भएका छन् । उक्त संक्रमित मध्ये १ लाख २३ हजार भन्दा बढी मृत्यु भएको छ ।
भारतमा कोरोनाबाट ४ लाख ५६ हजार सङ्क्रमित भैसकेका छन् । त्यहाँ २ लाख ५८ हजार बढी निको भएका छन् । १४ हजार ४ सय ८३ जनाको मृत्यु भएकोे छ ।
