पूर्णपुष्टि, असोज १३ गते ।
आज सेप्टेम्बर २९ तारिख । शेयर द पावर अर्थात शक्तिलाई बिकेन्द्रित गरौं भन्ने मुल नाराका साथ आज विश्वभरि मुटु दिवस मनाइँन्छ । विश्व मुटु संगठनले मुटुको यहि संवेदनशीलता अनि महत्वलाई ध्यानमा राख्दै हरेक वर्ष सेप्टेम्बर २९ लाई मुटु दिवसका रुपमा मनाउन थालेको हो । हाम्रो छातीको देब्रेपाटोमा हुने मुटुले जन्मदेखि मरणसम्म रगतको चाप हरेक धमनी अनि कोशिकाहरुमा पठाउछ अनि चल्छ हाम्रो जीवन ।
यस दिन मुटुलाई कसरी सधै स्वस्थ्य राख्ने भन्ने जनचेतना विशेषरुपले जगाईन्छ । हाम्रो जीवनशैलीको सानो भूलका कारणले हाम्रो मुटुमा नकारात्मक असर पर्न सक्छ, त्यसैले सचेत हुनु जरुरी छ ।
जुनदिन हाम्रो मुटु चल्न छोड्छ, त्यसदिनदेखि जीवन समाप्त हुन्छ त्यसैले मुटु नै हाम्रो जीवन हो । त्यति ठूलो महत्वका साथ मुटुको बारेमा बुभ्mन र स्वस्थ्य मुटु राखिराख्न ध्यान दिनुपर्दछ । दशैको बेलामा मुटुको अझ्झ विशेष ध्यान दिनु आवश्यक छ ।
धेरै मासु, चिल्लो, बोसोयूक्त खानपिनले मुटुलाई असर पुर्याउनसक्छ । यस्तो खानपानले रगतमा चिल्लोको मात्रा बढाउँछ र स्वास्थ्य जटिलता बढाउन सक्छ । दशैमा मान्यजनले राम्रा राम्रा आशिर्बाद दिईरहदा मुटु स्वस्थ्य राख भन्ने सन्देश पनि हुन पर्यो ।
व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधीत अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा अनि प्रकृतीसंगको दुरीका कारण मुटुरोगको सम्भावना बढि छ ।
दैनिक व्यायाम, खेलकुदमा कम रुची, धुम्रपान अनि मदिरापान, औषधीको धेरै सेवन अनि तनाव लिने बानीका कारणले हामीले हाम्रो मुटुलाई असर पुग्ने काम भईरहेको छ । माथि उल्लेखित कुराहरुमा ध्यान दिन सकेमा करिब ८० प्रतिशत मुटुरोगबाट बच्न सकिन्छ ।
मुटु स्वस्थ राख्ने तरिका
निन्द्र र मुटुको सम्बन्धी नजिकको हुन्छ । मुटु स्वस्थ्य रहनुलाई कम्तिमा दैनिक ७ घण्टा सुत्नुपर्ने, कडा परिश्रम छ भने अझ ८ घण्डा सुत्नुपर्ने चिकित्सकहरुको भनाइ छ । निद्रा बिग्रिएमा शरीर चल्ने प्रक्रियामा गडबड हुन्छ र मधुमेहले सताउने सम्भावना बढ्छ । निद्रा नपुग्दा धमनीमा क्याल्सियम जम्मा हुने खतरा रहन्छ, जसले धमनी खुम्चिन सक्छ ।
चाँडबाँडको नाममा राती अबेरसम्म नाचगान, तासजुवा जस्ता मनोरञ्जन गरेर निन्द्रा चौपट पार्ने काम राम्रो होइन ।
अर्को कुरा रक्तचापको जानकारी अत्यन्त महत्वपूर्ण छ । उच्च रक्तचापले धमनीलाई कमजोर बनाउँदै लान्छ । १२०÷८० देखि १३०÷८५ को रक्तचापलाई उच्च मानिदैन । रक्तचापलाई नियन्त्रणमा राख्नु भनेको आफ्नो शरीरलाई स्वस्थ्य र तन्दुरुस्त राख्नु हो । यसका लागि व्यायाम, मोटोपना घटाउने, तनाव मुक्त हुने उपाय अवलम्बन गर्नु पर्दछ ।
मुटुलाई बचाउन सेकेन्डह्यान्ड धुवाबाट बच्नुपनि हो । अरूले फालेको धुँवाले पनि तपाईंलाई उत्तिकै असर गरिरहेको हुन्छ । चुरोट खाएको वरिपरि एक घन्टासम्म बस्नाले दिनको दुईदेखि चारवटा चुरोट खाए समान हानि पु¥याउँछ । धूम्रपान यसै पनि मुटुरोगको एउटा कारण हो ।
अब मुटुको लागि व्ययमको पनि कुरा गरौं । व्यायामले मानिसको आयु बढाउन मद्दत गर्छ । साथै, व्यायामले मुटुको धड्कन हरेक दिन राम्रोसँग चलाउन पनि मद्दत पु¥याउँछ । बुढोपना शरीरमा नदेखिनु त यसको प्रत्यक्ष फाइदा भइहाल्यो । त्यसैले दिनको कम्तिमा ३० मिनेट हिँडेर भए पनि स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ ।
खानपानमा निकै ध्यान दिनुपर्छ । जस्तो कि, सातामा कम्तिमा एकपटक माछा खानु राम्रो हुन्छ माछामा पाइने ‘ओमेघा–३’ तेलले मुटु र धमनीको चाललाई चुस्त राख्छ । यसमा पाइने प्रोटिनले मान्छेको मुटुलाई सबैभन्दा धेरै फाइदा गर्ने अनुसन्धानले देखाएको छ ।
यसका साथै सन्तुष्ट हुन सिक्नुहोस्, मुटुलाई धेरै फाईदा पुग्छ । आर्थिक कारणले मानसिक तनाव कहिल्यै लिन हुँदैन । तनाबले मान्छेको निन्द्रा मात्र होइन मुटुको काम गर्ने क्षमतामा पनि ह्रास ल्याउँछ ।
व्यक्तिगत सरसफाई महत्वपूर्ण छ । विशेषगरी दैनिक र नियमित रुपले दाँत माझौं । गिजामा लाग्ने रोगहरूले कहिलेकाहीँ हृदयघातसम्म गराउन सक्छ । तसर्थ, दन्त स्वास्थ्यको ख्याल गरेर पनि मुटु बचाउन सकिन्छ ।