
विश्व सम्पद सुचिमा जनकपुरको जानकी मन्दिरलाई राखिने भएको छ ।
नेपालको पुरातत्व विभाग र युनेस्कोबाट आएका टोलीले जनकपुरधामलाई विश्व सम्पदा सुचिमा राखिने भएको हो ।
टोलीले उप–महानगरपालिकाका प्रमुख लालकिशोर साह सँग मान्दिरको विषयमा छलफल गरेको थियो ।
मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न धेरै प्रक्रिया पूरा भए पनि केही प्रक्रिया बाँकी रहेको टोलीले जानकारी दिएको प्रमुख साहले बताए ।
सूचीमा सूचीकृत गराउन मन्दिरको पूर्वाधार सम्बन्धी पुस्तक दिई सोहि बमोजिम बाँकी रहेको प्रक्रिया छिटै पूरा गर्न आग्रह गरेको साहले बताए ।