Wednesday, May 20News That Matters

विश्व साईकल यात्री कटारीमा

कटार, भदौ १३ गते ।

कपिलवस्तु वाढगंगा नगरपालिका – ९ का ४२ वर्षिय विश्व साईकल यात्री हेमराज पौडेल शुक्रबार कटारी आईपुग्नु भएको छ । ११ वर्ष पहिले २०६५ वैशाख १ गते लुम्बिनीबाट विश्व शान्ति , भाईचारा र बुद्ध नेपालमै जन्मेका हुन भन्ने शन्देस दिन विश्व साईकल यात्रामा निस्किएको बताउने पौडेल शुक्रबार कटारी आईपुग्नुभएको हो ।

हाल सम्म एशिया महादेशका देशहरु र खाडी मुलुकका देशका अलावा नेपालका खोटाङ्ग बाहेकका जिल्लाहरु यात्रा गरिसकेका पौडेलले अबको यात्रा खोटाङ्को रहेको बताउनुभयो । ‘गिनिज बुकमा नाम लेखाउने उद्येश्य पुरा नभएसम्म यात्रा जारी राख्छु ’उहाँले भन्नुभयो –‘परिवार र देशको पनि सपोर्टले यात्रा गरिरहेको छु ।’

जहाँ जहाँ पुगेपनि वुद्ध नेपालमै जन्मेका हुन भन्ने शन्देस छर्दै हिंडेका पौडेलले नेपालमा राष्ट्रियस्तरबाट यो अभियान चाल्न नसक्नुमा भारत र चीन जस्ता ठूलो देशको कुटनीतिक त्रास रहेको हुन सक्ने बताउनुभयो । वुद्धको फोटो पैसामा राखे अझ प्रचार प्रसार हुने उहाँको भनाई थियो ।

साईकल यात्रामा कहिले सम्मानित हुने अवसर आउने भएपनि कहिलेकाहिं सडककै सुताई र मागेर खानुपर्ने जस्ता अप्ठ्यारा आउने उहाँको अनुभव रहेको छ । धेरै नेपालीहरुको सहयोगले यात्रा सहज भएको उहाँ बताउनुहुन्छ । एक छोराका पिता पौडेल श्रीमति राधा पौडेल शिक्षण पेशामा रहेकाले पनि आफुलाई यात्रा गर्न सहभ भएको बताउनुहुन्छ ।