Friday, February 7News That Matters

विषदी परिक्षण नेपालमा स्थगित भारतमा उस्तै

नेपाल सरकारले आयत हुने तरकारी र फलफुलमा विषदी परिक्षण भारतको दवावमा हटाएको भएपनि भारले अझै हटाएको छैन । नेपाल भित्रने कृषीजन्य वस्तुको विषदी परिक्षण नेपाल सरकारले हटाएपनि नेपालबाट निर्यात हुने तरकारी र फलफुलमा विषदी परिक्षण कायमै भारतले खोको हो ।

भारतले नेपालबाट निर्यात हुने कृषिजन्य बस्तुको विषदी परीक्षण गर्न थालेको करिब ६ वर्ष भइसकेको छ । नेपालबाट भारत निर्यात हुने तयारी चिया, ठूलो अलैंची, कुचो, हिमाली जडीबुटी, अदुवालगायत वस्तुहरु पर्द छ ।

नेपालबाट निर्यात गर्ने सामानको परिक्षण कोलकताको प्रयोगशालामा गरिन्छ । कोलकत्तामा नमुना परिक्षण नगरि भारत लानपाईदैन । तर भारतीय कृषी जन्य वस्तु नेपाल आयात गर्दा विषदी परिक्षण व्यावस्था सरकारले हटाउनदा नेपाली व्यवसायीहरु आक्रोसीत भएका छन् ।

जसले जेजे भनेपनि नेपालमा उत्पादन भएका कृषिजन्य वस्तु भारत निर्यात गर्न सहज नभएको व्यवसायीहरुले बताएका छन् । पटक पटक भारतबाट केहिन केहिमा अवरोध गर्दै आएको छ ।