
असार १९ गते ।
नेपाल सरकारले विषदीयुक्त तकारी र फलफुल रोक्नलाई चालेको कदम प्रति भारतले आपत्ति जनाएको छ । छिमेकी देशहरुबाट आयात हुने विषादीयुक्त तरकारी र फलफूल रोक्नका लागि सीमा नाकामा चेक जाँच कडाइ गरेपछि भारतले आपत्ति जनाएको हो ।
सरकारले ल्याएको विषादीयुक्त तरकारी र फलफूल जाँच्न गर्ने नयाँ व्यवस्था हटाउन भारतले दबाब दिएको विभिन्न सचार माध्यमबाट समाचार बाहिर आएको छ ।
भारत लगायत तेस्रो मुलुकबाट आयात हुने तरकारी र फलफूल विषादीयुक्त भएकाले सिमा नाकामा जाँच गर्न थालेपछि काठमाडौं स्थित भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेर आपत्ति जनाएको हो ।
मन्त्रालयमा पठाएका दूतावासको पत्रमा भारतबाट निर्वाध रूपमा नेपालमा खाद्य लगायतका सामग्री भित्रिन पाउनु पर्नेमा चेक जाँच प्रति आपत्ति जनाइएको छ । दुताबासको केहि अधिकारीहरुले मन्त्री र मन्त्रालयका उच्च कर्मचारीलाई भेटेरै उक्त व्यवस्था हटाउन आग्रह गरेका छन् ।
नेपाली बजारमा विषदीयुक्त तरकारी र फलफुल अत्याधिक मात्रामा भेटिने जनगुनासो पटक पटक आएको र बजार अनुगमनमा पाईएकाले जेठ १० गते बसेको मन्त्रि परिषदको निर्णयले आयात हुने ‘क्याफिन’युक्त शक्तिवद्र्धक पेय पदार्थमा पूर्ण बन्देज लगाएको छ ।
उक्ते निर्णय अनुसार आयात हुने ताजा तरकारी, फलफूल सम्बन्धित भन्सारमा ‘क्वारेन्टाइन’ र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्नुपर्छने व्यावस्था गरको छ ।