Tuesday, July 7News That Matters

आजको मौसम : विहिवारदेखि पानी पर्ने सम्भावना

पुर्णपुष्टि,माघ ४ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबारबाट सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत पहाडी भू–भागमा बदली भई हिमपातका साथै वर्षा पनि हुने सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण मौसम बदली भएको हो ।

आज गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमामा आंशिक बदली रहेको छ । तराईका केही भु-भागमा हुस्सुरकुहिरो लागेको छ र बांकी भू-भाग सामान्यतया सफा छ ।
महाशाखाका अनुसार आज कर्णाली प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू(भागहरुका केही ठाउँमा दिउँसो र राति हिमपात हुने सम्भावना छ ।