Saturday, April 18News That Matters

व्याड्मिन्टनमा हिमाल र सरोजको जोडी प्रथम

गाईघाट, भदौ ४ गते ।

संविधान दिवसको अवसर पारेर गाईघाटका ब्याड्मिन्टन खेलाडिहरुकाे समूह स्माइली ग्रुप र व्याड्मिन्टन संघ उदयपुरले आयोजना गरेको जिल्ला स्तरीय व्याड्मिन्टन प्रतियोगितामा हिमाल श्रेष्ठ र सरोज खवासको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । रुवेन राई र चित्र थापाको जोडीले दोस्रो स्थान पाएका छन् । त्यस्तै बादल खतिवडा र मनोज कुमार खड्काको जोडी तथा विरेन चौधरी र संजयकुमार चौधरीको जोडीले तेस्रो स्थान पाएका छन् ।
प्रतियोगिताको महिला तर्फको खेलमा हस्तामाया राई र रामकुमारी राईको जोडीले प्रथम स्थान हाँसिल गरेको छ । बेल्टारका स्मृति राई र सिमा राईको जोडीले दोस्रो स्थान हाँसिल गर्यो । त्यस्तै अनुमा राई र प्रेरणा कटुवालको जोडी तथा लादिम्मा राई र रोजी राईको जोडीले तेस्रो स्थान हाँसिल गरे ।

महिलातर्फ प्रथम हुने हस्तमाया र रामकुमारीको जोडा (हरियो र रातो जर्सी) तथा दोस्रो हुने स्मृति र सिमाको जोडा (कालो जर्सी)

जिल्लाको विभिन्न स्थानका व्याड्मिन्टन खेलाडीहरुको सहभागितामा भएको प्रतियोगिता हिजोबाट सञ्चालन भएको थियो । एक समारोहकाबीच विजयी खेलाडीहरुलाई पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथि जिल्ला न्यायधिक दिपक खनाल लगायतका अतिथिहरुले विजयी खेलाडीहरुलाई हौषला प्रदानसहित पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिताका लागि ब्याड्मिन्टन संघ उदयपुरका अध्यक्ष राजेश कार्की, समाजसेवी किसन राई, विमल किराँती, रौतामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराज राईले सहयोग गरेका थिए । त्यस्तै युवा समाजसेवीहरु सुवास राई (देउरी), एविराज राई (गाईघाट), शंकर थापा (असारी), नविन वान्तवा राई, त्रियुगा नगर प्याव्सन र पशुपति छापाखाना गाईघाटले सहयोग गरेका थिए । त्यस्तै युवा प्रविन राई (गाईघाट) ले मिनरल खानेपानीको व्यवस्था प्रवन्ध मिलाई सहयोग गरेका थिए । खेलाडीहरु स्वयम् मिलेर आर्थिक जुटाउनुका साथै प्रतियोगिताको व्यवस्थापन गरेको र प्रतियोगिता भब्य र प्रभावकारी रुपले सम्पन्न भएकोे आयोजकले जनाएको छ ।

फोटो फिचर