Thursday, May 21News That Matters

शिक्षक मृत अवस्थामा फेला

खोटाङ,माघ १६ गते ।

खोटाङको एक विद्यालयका शिक्षक मृत फेला परेको छ । शिशु माध्यामिक विद्यालय महेश्वरीमा कार्यरत सहदेव राई मृत फेला परेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी घर भई हाल ऐसेलुखर्क–५ स्थित शिशु माध्यमीक बिद्यालय महेश्वरीमा कार्यरत शिक्षक ३४ वर्षीय राई मृत फेला परेको प्रहरीले जनाएको छ । विद्यालय नजिकै युबराज राईको घरमा कोठा लिई बस्दै आएको थियो । बिहान ९ बजेसम्म नउठेपछि बिद्यालयका प्रधानध्यायपकलाईसमेत बोलाएर ठोका खोली हेर्दा शिक्षक राई मृत अवस्थामा फेला परेको भनि स्थानीयले ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा जानकारी गराएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ तत्काल प्रहरी टोली घटना स्थल पुगी घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।