Monday, February 17News That Matters

शिक्षा, स्वास्थ्य, खाद्यको सार्वजनिक सुनुवाई

उदयपुर, चैत्र २० गते ।

रौतामाई गाउँपालिका–७ मुर्कुचीमा शिक्षा, स्वास्थ्य र खाद्य अधिकार विषय सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ ।

मानव अधिकार निगरानी समुह उदयपुर र अनौपचारीक क्षेत्र सेवा केन्द्र (ईन्सेक) प्रदेश नं १ को संयुक्त आयोजनामा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

जिल्लाको पश्चिमी साविक रौता र भलायडाँडा गाविसमा विगत ३ वर्ष देखि पाईलट प्रोजेक्ट कार्यक्रम संचाल गर्दै आएको ईन्सेकका  प्रदेश नं १ को प्रदेश संयोजक सोमराज थापाले बताए । उक्त पाईलट प्रोजेक्ट मार्फत शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धि विषयमा सचेत र जागरुक गराउदै आएको थापाले बताए ।

शिक्षा, स्वास्थ्य र खाद्यको गुणस्तरियता र विधि विधान सम्बन्धि सर्वसाधरणले पाउने हक अधिकारको निम्ती गाउँ गाउँमा निगरानी समुह, बाल समुह गठन गरिको थापाले बताए । शिक्षामा आएका समस्या समाधान, गुणस्तरिय शिक्षा, सेवा सुविधा, स्वास्थ्य अधिकार र सेवा सुविधा र स्वच्छ, सफा र ताजा खाद्य लगायतका अधिकारको विषयमा सर्वसाधरणलाई सचेत गराई जागरुक बनाउनका लागि समुह गठ गरिएको थापाले बताए ।

कार्यक्रममा विभिन्न समुहबाट सहभागिता जनाएका थिए । सहभागिहरुबाट आएका समस्याको गुनासो,उदाहरणीय कामलाई सम्बोधन गर्दै जनताले पाउने सरकारी सेवा सविधामा बाधा अवरोध पु¥याउने निकायलार्य कार्वाही हुने र राम्रो काम प्रति खुसी भएको थापाले बताए ।

 

कुनै विद्यालय, स्वास्थ्य चौकी, हस्पिटलबाट नेपाल सरकारले तोकेको र विधानमा उल्लेख भएका सेवा सुविधा सरल र सहज रुपले नपाएको भए किटानीका साथ जानकारी मात्रै गराए कार्वाहीको दायरामा ल्याउने प्रदेश सांसद अम्बिका थापाले बताईन् । भने खाद्य वस्तुमा पसल, गोदाम र उत्पादकहरुले अखाद्य वस्तु विक्रि वितरण र उत्पादन गरे कार्वाही गर्ने संसद थापाले बताईन् ।

मानव स्वस्थ्यलाई असर गर्ने खाद्य वस्तु विक्रि वितरण र उत्पादन गर्ने व्यक्तिलाई कार्वाही हुने संसद थापाले बताए । सरकारी नीति नियमलाई जस्ले उल्लघंन गर्छ उसले सजायको भागेदारी बन्नु पर्ने संसद थापाले बताए  ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश संसद अम्बिका थापा, ईन्सेक प्रदेश संयोजक सोमराज थापाको सभापतित्व तथा विशेष अतिथि जिल्ला समन्वयन समिति उदयपुरको उप प्रमुख गंगा राई, अतिथिहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।