Monday, February 17News That Matters

शिवहरिको फिल्ममा नायिका वर्षा

नायिका वर्षा सिवाकोटीले अभिनय गरेको चलचित्र निरन्तर असपल हुदै आएको छ । निरन्तर चलचित्र असफल भएपछि वर्षा निराश भएकी छिन् ।

कुनै बेला वर्षाले जती काम गर्दा पनि सफल नभएको गुनासो पोख्छिन् । छिल्लो सायमा निकै आश बोकेको चलचित्र ‘वीर विक्रम २’बाट पनि उस्तै नतिजा आएको छ । आफुले अभिनय गरेको चलचित्र असफल भएपछि नयाँ चलचित्र साइन गर्नका लागि उनी हतारिएकी थिइनन् ।

वर्षाले अब नयाँ चलचित्रमा काम गर्ने पक्का भएको छ । शिवहरि पौडेलको निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’ मा काम गर्ने पक्का भएको हो ।

उनि अहिले चलचित्र ‘वीर विक्रम २’को शोका लागि जापानमा छिन् । त्यसैले उनी चलचित्रको घोषणा कार्यक्रममा भने उपस्थित हुन सकिनन् ।

उनी पनि करिअरमा हिट चलचित्र दिन चाहन्छिन् । त्यसैले ठूलो कलाकारको समुह भएको यो चलचित्रमा काम गर्न लागेकी हुन् ।