Monday, March 17News That Matters

शिविरले स्थानिय लाभान्वित

उदयपुर, मंसिर ११ गते ।

उदयपुरका रौतामाईको पुँवारे भञ्ज्याङमा एक दिने निशुल्क स्वास्थ्य शिविर संचलन भएको छ ।

रौतामाई गाउँपालिकाको वडा नं ८ पुँवारे भञ्ज्याङमा एक दिने निशुल्क स्वास्थ्य शिविरमा गाउँलेहरुले स्वास्थ्य चेक जाच गराएको हो ।

विकट पहाडी भेगमा बसोबास गर्ने मानिसहरुलाई अन्धविश्वास र आर्थिक स्थिति नाजुक भएकोले स्थानिय सरकारले प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविरहरु संचालन गरि स्वास्थ्य समाज बनाउनु पर्ने प्रदेश नं १ का प्रदेश सांसद नारायण बुर्जामगरले बताए ।

गाउँपालिको ग्रामिण समुदायका आमाहरुमा हुने बच्चा दानीको समस्या देखि विभिन्न समस्या हटाउनु पर्ने मगरले बताए । शिविर संचालन गर्नाले जनचेता फैलाउने, दुखि गरिबले पनि उपचार पाउने भएकोले निःशुल्क शिविरको कार्यक्रम ल्याउनु पर्ने मगरले बताए ।

निशुल्क स्वास्थ्य शिविरमा विकट पहाडी गाउँघरबाट करिब एक सय ५० जनाले स्वास्थ्य परिक्षण गराएको थियो । गाउँपलिकाको आयोजनामा भएको शिविरमा बालबालिका देखि बृद्ध सम्मले स्वास्थ्य परिक्षण गराएको रौतामाई गाउँपालिका उप अध्यक्ष कुमारी ज्यु ठकुरीले बताईन् ।

शिविरमा चिनी रोग, मुटु, व्लड प्रेसर सम्बन्धि रोगहरुको चेक जाँच गराई निःशुल्क औषधी समेत वितरण गरेको ठकुरीले बताईन् ।

मुटुको ईसिजी, ईको र चिनी रोग, ब्लड प्रेसरको चेक जाँच गरि उक्त रोगहरुको निःशुल्क औषधी वितरण गरेको थियो । शिविरमा अल्फेट हेल्थ केयर लाहानबाट डाक्टर विवेक प्रभात शाह र ओम पोलिक्लिनीक अर्थो केयर सेन्टर लाहानको डाक्टर ओम प्रकाश चौधरीले स्वास्थ्य परिक्षण गरेको ठकुरीले बताईन् ।

ग्रामिण भेगको मानिसहरुले रोग पालेर बस्नु पर्ने बाध्यतालाई हटाउन पालिकाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको रौतामाइ गाउँपालिकाको प्रशासकिय अधिकृत खम्बराज राईले बताए । गाउँघरमा खानपिनको मात्रा नमिल्दा र आर्थिक स्थिति नाजुक हुने भएकोले चिनी, मुटु, ब्लड प्रेसरको रोगीहरुको लागि पालिकाले विशिरका आयोजना गरेको राईले बताए ।

शिविरमा रौतामाइ गाउँपालिकाको वडा नं ८ का सवै भोग र १, ६ र ७ नम्बरको केहि भुभागको बासिन्दाहरुले लाभ लिएको छ । शिविर आईपुग्न ३ घण्टा लाग्ने विकट गाउँबाट लौरोको सहारामा स्वास्थ्य चेक जाँच गराउन आएको ८० वर्षीय भोगटी माया मगरले बताईन् । मगरले भनिन् सहरमा जचाउन सकिदैन पैसा छैन याँहा निःशुल्क भनेको सुनेर आएको हो मगरले बताईन् ।

घरमा बाहिर भित्र गर्न पनि लौरोको सहारा चाहिने मगरले केहि दिन बाचुन्जेल सँचो सँग बाच्ने अपेक्षाले बाटोमा विसाउँदै ३ घण्टाको लामो पैदल यात्रा गरेर शिविर आएको मगरले बताईन् । मगरले भनिन् मर्ने बेला त हुन लाग्यो तर पनि बाच्ने रहर छ त्यसैले बाटोमा विसाउदै उपचार गराउन आउको हुँ ।

गाउँमा भोली निःशुल्न शिविर छ भनेको सुनेर विहानै हिडेर १ घण्टापछि आई पुगे चेक जाँच गराए मेरो केहि भाछैन रे आँखाको लागि चै गाईघाट कि लाहान जानु भन्नु भो डाक्टरले ७९ वर्षीय भिम माया मगरले बताईन् । मगरले भनिन् उमेरले त डाँडा काटि सक्यो तर पनि केहि दिन बाचुन्जेल सँचो सँगले बस्ने आशाले शिविरमा आएको हुँ उनिले भनिन् ।