उदयपुर, भदौ २६ गते ।
आप्mनै श्रीमतिलाई कुटपिट गरी हत्या गरेको आरोपमा कटारी रउदयपुरको उदयपुरगढी गाउँपालिका -५, मौवासीका रमेश राईलाई ईलाका प्रहरी कार्यालय कटारीले नियन्त्रणमा लिएर अनुन्धान सुरु गरेको छ ।
गएको भदौ १३ गते श्रीमति शुभद्रा बुढाथोकीलाई राईले कुटपिट गरेको प्रहरीले जनाएको छ । शुभद्राको भदौ २१ गते राति राईको कुटाईकै कारण मृत्यु भएको हुनसक्दै भन्दै २२ गते नै राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कार्यालयका प्रमुख डिएसपी प्रेम सागर केसीले बताउनुभयो । राईलाई म्याद थप गरी अनुसन्धान गरिरहेको पनि केसीले बताउनुभयो । बुढाथोकी राईको कान्छी श्रीमति रहेको पनि प्रहरीले जनाएको छ ।
