
पूर्णपुष्टि, चैत ८
धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी श्रीमतीलाई उपचारको लागि भर्ना गरेका एक पुरुष मृत फेला परेका छन् । श्रीमतीको उपचार गराउन आएका दार्चुलाको लेकम गाउँपालिका–२ का ४८ वर्षीय भानदेव भट्टको शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
खाजा खान भनी निस्किएका उनी अस्पताल बाहिर बेहोश भएर ढलेका थिए । उपचारका लागि अस्पताल पु¥याउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
मृतकको शव पोष्टमाटमका लागि शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।
