
सिंह चाम्लिङ राई/उदयपुर साउन ७ ।
उदयपुरको त्रियुगा नगरपालिका गाईघाट बजारमा सोमबार खुकुरी प्रहारबाट एक महिला गम्भिर घाईते भएकी छिन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार गाईघाटको विपीचौकमा पसलमा बसिरहेको अवस्थामा श्रीमती अर्पना पराजुुलीलाई उनका श्रीमान सुवासकुमार पराजुलीले खुकुरी प्रहार गरी गम्भिर घाइते पारेको हो । खुकुरी प्रहारबाट अर्पनाको टाउको र गर्धनमा गहिरो चोट लागेको छ ।
उनलाई स्थानीय त्रियुगा हस्पिटलमा प्रारम्भिक उपचारपछि उपचारका लागि बाहिर लगिएको जनाइएको छ । उनको टाउकोमा १० वटा टाँका लगाउनु परेको छ । खुकुरी प्रहार गर्ने श्रीमान सुवासलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी नियन्त्रणमा लिएको छ ।