
पूर्णपुष्टि, चैत १
श्रीलङ्कामा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाईएको छ ।
श्रीलङ्काले राष्ट्रिय सुरक्षाको नाममा सार्वजनिक ठाउँमा बुर्का लगाउन प्रतिबन्ध लगाउँदै अनुहार ढाक्नैपर्ने भए अरु तरिका अपनाउन आग्रह गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
यसअघि छोटो समयको लागि अनुहार ढाक्नलाई आपतकालीन उपायको रुपमा प्रतिबन्ध लगाइएको तर अब यसलाई स्थायी रुपमै कार्यान्वयन गर्न लागिएको जनाईएको छ ।
सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाउने सम्बन्धी निर्णयमा मन्त्रिपरिषद्मा हस्ताक्षर भइसकेको र संसदले अनुमोदन गर्न बाँकी रहेको जनाईएको छ ।
यो सम्बन्धी व्यवस्थालाई संसदले चाँडै पारित गर्ने र सार्वजनिक ठाउँमा बुर्का लगाउन नपाइने नियमलाई कडाइ गरिने जनाईएको छ । सन् २०१९ मा चर्च र होटलमा योजनाबद्ध रुपमा आक्रमण भएसँगै यस्तो निर्णय लिनुपरेको श्रीलङ्काको सरकारले जनाएको छ ।
सन् १०१९ को अप्रिलमा क्याथोलिक गिर्जाघर र होटलमा भएको हमलामा परेर २ सय ५० जनाको मृत्यु भएको थियो । श्रीलङ्कामा बुर्कालाई धार्मिक चरमपन्थको प्रतीकको रुपमा लिँदै आएको छ ।
