
साउन २९ गते ।
श्रृङ्खलाबद्ध रुपमा वडा कार्यालयमा चोरी गर्ने एक जना पक्रउ परेको छ । पोखराका वडा कार्यालयहरु चोरी गर्ने किशोर थापा पक्राउ परेको हो ।
काठमाडौं महानगरपालिका–११ घर भई (हाल) पोखरामा डेरा गरी बस्दै आएको थापाले श्रृङ्खलाबद्ध रुपमा वडा कार्यालयहरु चोरी गर्दै आएको प्रहरीले जनाएको छ ।
थापा पहिले पनि डाकाचोरी मुद्दामा दुई पटक जेल परिसकेका छन् । २०७१ सालदेखि ०७४ सम्म जेल जिवन विताएर छुटेलगतै फेरि चोरी धन्दा सुरु गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
थापासँग चोरीको सामान खरिद विक्रि गर्ने रुपचन्द्र गोपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको कलंकीमा कम्प्युटर मर्मत पसल चलाएका उनले चोरीको सामान मात्र किनबेच गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
