
भदौ २८ गते ।
विश्व प्रेस काउन्सिलको महासचिवमा नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ चयन भएको छ । अजरबैजानको बाकुमा भएको विश्व प्रेस काउन्सिलको सम्मेलनबाट श्रेष्ठ महासचिवमा चयन भएको हो ।
विश्व प्रेस काउन्सिलको सदस्य नेपाल प्रेस काउन्सिल हो । काउन्सिलको अध्यक्षमा प्रा.डा. सुले अकर (साइप्रस), उपाध्यक्षमा अफ्लातुन अमासोभ (अजरबैजान), कोषाध्यक्षमा डा. तामेर अताबारुत (टर्की) चयन भएको छ ।
सम्मेलनमा टर्की, भारत, श्रीलङ्का, केन्या, तान्जानिया, जिम्बाब्वे, अजरबैजान, इराक, कोसोभो, म्यासेडोनिया, बङ्गलादेश, साइप्रस, सेसेल्स, मालाबी, म्यान्मारसहितको देश सहभागी भएको थियो ।
