Tuesday, March 25News That Matters

संघीयता कुनै पनि हालतमा फर्कदैन : सभामुख महरा

उदयपुर, मंसीर १८ गते ।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले देशमा संविधान र संघीयता कार्यन्वयमा कठिनाई रहेपनि संघीयता कहिल्यै पछि नफर्कने बताएका छन् ।
जिल्ला समन्वय समिति उदयपुरले मंगलबार गाईघाटमा आयोजना गरेको संविधान र संघीयता : कार्यन्वय र अन्तरसम्बन्ध विषयक अन्तरक्रियामा बोल्दै सभामुख महराले यस्तो बताएका हुन् ।

संघीयता फर्किएला की भनेर चिन्ता लिन जरुरी नरहेको भन्दै संघीयता परिमार्जन र विकसित चाँही हुने बताए । उनले सरकारका कामहरु नै कठिनाई रहेकाले केही आलोचनाहरु आएको भएपनि सरकार सहि दिसाबाट अगाडी बढिरहेको बताए । सरकारलाई खबरदारी गर्ने र संविधान र संघीयता कार्यन्वयनको पाटोमा सहयोग गर्ने दायित्व अनुरुप काम भईरहेको बताए ।

सत्तापक्ष र प्रतिपक्ष दुबै राजनीतिक दलले संविधान र संघीयताका कार्यन्वयनमा अहम भूमिका खेल्न आव्हान गर्दै स्वार्थसिद्धि कुरामा नअल्झिन आग्रह गरे । उनले कार्यक्रममा सहभागि आठ पालिकाका प्रमुख तथा उपप्रमुखहरुलाई जनतालाई संघीयताको आभाष हुने गरी सेवा दिन निर्देश गर्दै कर्मचारीहरुले पनि सोहीढंगले काम गर्न निर्देश गरे । कार्यक्रममा पालिकाको तर्फबाट न्याय सम्पादन तथा अन्य सबैखाले काममा कार्यन्वयन कठिनाई चुनौतीको रुपमा देखाएका थिए ।

कार्यक्रममा प्रशासनबीच काँशीराज दाहालले संघीय शासकबाीय स्वरुप, अभ्यास, अवसर र चुनौतीको बारेमा महत्वपूर्ण समय दिएका थिए भने अधिवक्ता तथा संविधानसभा सदस्य रामबहादुर थापा मगरले संघीयताको बारेमा जानकारी राखेका थिए ।

सभामुख महराका महत्वपूर्ण भनाईहरु भिडियोमा…