पूर्णपुष्टि,पुष २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय शिक्षा ऐन छिट्टै जारी हुने बताएको छ । शनिवार एक कार्यक्रममा अव जारी हुने शिक्षा ऐन शिक्षकमैत्रीहुने विश्वास व्यक्त गर्नुभएको हो । काठमाडौंको महेन्द्र माविमाएकीकृत अखिल नेपालशिक्षक संगठनको केन्द्रीय समिति बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्री प्रचण्डले संघीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताएका छन् । साथै, नयाँ सरकारले संघीय शिक्षा ऐन जारी गर्ने विषयआफ्नो प्राथमिकतामा राखेको बताए ।
‘अघिल्लो सरकारको कार्यकालमापनि संघीय शिक्षा ऐनका केहीकामभएका छन् । तर, ऐन जारी भएन ।’ उनलै भने, ‘यसपटक संघीय शिक्षा ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा छ।’शिक्षाऐन जारी गरेपछि शिक्षा क्षेत्र र शिक्षकहरूसँग सम्बन्धित अधिकांश समस्या सम्वोधनहुने पनिउनले दाबी गरे । ‘शिक्षक अस्पताल हाम्रै पहलमा अगाडि आएको छ,’ प्रधानमन्त्रीले भने, ‘यसलाई सफलकार्यान्वयनगर्ने जिम्मेवारी पनिहाम्रै हो। यसका साथै शिक्षकहरूको सम्मानितजीवनकानिम्तिहामीले केही न केहीपहललिनैपर्छ ।त्यसतर्फ पनि सरकारले सोचिरहेको छ ।’ शिक्षक अस्पताल निर्माणकौ कामपनि अघि बढ्ने भन्दै प्रचण्डले भने, ‘अब संघीय शिक्षा ऐन अघि बढ्छ र शिक्षक मैत्री ऐ्न आउँछ ।’ देशको राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणमा शिक्षकहरूको अहम् भूमिकारहेभएकोमाप्रधानमन्त्रीको जोड थियो ।
एकीकृत अखिल नेपालशिक्षक संगठनका अध्यक्षशंकर अधिकारीले संगठनको पहलमा संघीय शिक्षा ऐन ल्याएरै छाड्ने बताए । संगठन अब पेशागतअधिकारसँगै पेशागतजिम्मेवारीतर्फ पनि कैन्द्रीतहुने भन्दै गुणस्तरीय शिक्षा सुधारका लागि सुझाबकार्यदल नै बनाएर अघि बढ्ने बताए ।
संगठनले प्रधानमन्त्रीभएकोमा प्रचण्डलाई शुभकामनातथाबधाइपत्रदिँदै शिक्षकमहासंघ र सरकारबीचभएको ५१ बुँदे सम्झौतापत्रबारे स्मरण गराएको थियो । लगत्तै प्रधानमन्त्री प्रचण्डले महासंघसँगभएको उक्त ५१ बुँदे सम्झौताअध्ययन गरी तत्कालै कार्यान्वयनमालग्ने प्रतिबद्धता जनाएकाथिए ।
