
पूर्णपुष्टि, जेठ ९ गते ।
नेपालको संविधान संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने सरकारले निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो ।
भर्खरै सरकारले सार्वजनिक गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेको नेपालका नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छापसम्बन्धी व्यवस्था संशोधनका लागि संविधान संशोधन गर्न लागिएको हो ।
गत सोमबार मन्त्रिपरिषदबाट पारित भएको नयाँ नक्सा गत बुधबार सार्वजनिक गरिएको थियो ।
