Monday, June 29News That Matters

संसदीय दलको नेतामा प्रचण्ड

पूर्णपुष्टि, फागुन २१ 

नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन हुनु भएको छ । सो समूहले यसअघिनै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाई सकेका थिए । शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो ।बैठकमा बोल्दै प्रचण्डले आजको बैठकले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको बताउनुभयो । उहाँले केही साथीहरू बिरामी र अन्य कामले बैठकमा आउन नसकेको बताउँदै आफ्नो समूह बहुमद र मजबुद रहेको बताउनुभयो । आजको बैठक जेष्ठ सदस्यका हैसियतमा बरिष्ठ नेता झलनाथ खनालले सञ्चालन गर्नु भएको थियोे ।