
पूर्णपुष्टि, पुष २९
सखुवाको चिरान काठसहित दुई युवालाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । १ सय ५३ थान सखुवाको चिरान काठसहित जिल्लाको फिदिम–३ लालिखर्क बस्ने ३० वर्षीय धनजित राई र कुम्मायक गाउँपालिका–२ यासोक बस्ने १९ वर्षीय बिनय लावतीलाई प्रहरीले पक्राउ गरेको हो ।
फिदिम नगरपालिका–१० पच्चिसेस्थित मे १ ३६३३ नम्बरको ट्याक्टरमा लोड गरी राखेको ७५. ५ क्युफिट काठसहित चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ल प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक राकेस थापाले जानकारी दिए ।
काठसहित राई र लावतीलाई डिभिजन बन कार्यालय पाँचथमार बुझाइएको प्रहरीले जनाएको छ ।

