Wednesday, August 5News That Matters

सगरमाथा मोडेल बालक्लवको अध्यक्षमा रुज्जल चौधरी

पूर्णपुष्टि, मंसिर १ गते ।
गाईघाटको सगरमाथा मोडेल स्कुलको बालक्लव अध्यक्षमा रुज्जल चौधरी बिजयी बनेका छन् । उनी ५५ मत सहित अध्यक्षमा बिजयी बनेका हुन् । चौधरीले आफ्नो प्रतिस्पर्धी पुष्प नारायण चौधरीलाई दुई मतले पराजित गर्दै अध्यक्षमा बिजयी बनेको हो । तीनजनाले अध्यक्ष पदका लागि मनोनयन गरेका थिए । अर्की प्रतिस्पर्धी गरिमा तिमिल्सिनाको भने २९ मत मात्रै आएको छ । यस्तैगरी नेतृत्व चयनकै क्रममा उपाध्यक्षमा सष्मा मगर बिजयी बनेकी छिन् । उनीले पनि दुई प्रतिस्पर्धिलाई पछि पार्दै उपाध्यक्षमा बिजयी हासिल गरेको हो । उनको प्रतिस्पर्धी निशान बस्नेतले ३८ र आयुष चौधरीले २७ मत मात्रै प्राप्त गरे । यस्तैगरी सचिवमा ९४ भारी मत सहित निरोज खनाल बिजयी बने भने सहसचिवमा बिशाल तामाङ, कोषाध्यक्षमा रिया खड्का बिजयी बनीन् । यस्तै सदस्यहरुमा मनिषा बि.क, प्रकाश दंगाल, सरोज आचार्य, नम्रता पौडेल, रश्मी राई, स्तुती पौडेल, प्रस्तुती पौडेल, स्तुती निरौला, हिमाल वस्नेत, मनिष चौधरी र नयुशन राई बिजयी बनेको हो । विद्यालय बालक्लव कार्यसमितिका लागि बुधबार निर्वाचन गरिएको थियो । २१ सदस्यीय बालक्लवको कार्यसमितिका लागि १६ जनाले पदाधिकारी तथा सदस्यहरुमा उम्मेदवारी दिएका थिए । बाँकी ५ सदस्य भने निर्वाचित कार्यसमितिले चयन गर्नुे व्यवस्था रहेको छ ।
कक्षा ५ देखी ९ सम्मका करिब १६३ जना विद्यार्थीहरुले निर्वाचनमा मतदान गरेका थिए । १ बर्षिय कार्याकालका लागि विद्यार्थीहरुले उक्त कार्यसमिति चयन गरेको निर्वाचन अधिकृत शिक्षक राहुल कुमार गुप्ताले जनाए ।