Tuesday, March 25News That Matters

सडकको वालबाट लडेर मृत्यु

तेह्रथुम मंसिर १४ गते ।

तेह्रथुमको म्याङ्लुङमा एक युवा सडकको वालबाट लडेर मृत्यु भएको छ ।

म्याङ्लुङ नगरपालिकाको सडकमा लगाईने ग्याविन जालीको वालबाट लडेर एक युवाको मृत्यु भएको हो ।

म्यानपा वडा नं ९ निबासी १८ वर्षीय महेन्द्र तामाङ मंगलबार राती ११ बजे वालबाट लडेर गम्भिर घाईते भएको थियो । घर नजिकैको सडकमा हिड्दै गर्दा बाटो छेउमा लगाईएको जालिको वालबाट करिब १५ फिट तल लडेर झरेको प्रहरीले जनाएको छ ।

घाईतेलाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउने क्रममा शुक्रबार विहान ३ ः ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।