Monday, February 17News That Matters

सडक दुर्घटना न्युनिकरणका लागि १५ दिने महाअभियान सुरु

उदयपुर, चैत्र १ गते ।

उदयपुरमा सडक दुर्घटना न्यूनिकरणका लागि १५ दिने महाअभियान सुरु भएको छ ।

जिल्ला प्रहरी र ट्राफिक प्रहरीको संयुक्त आयोजनामा सडक दुर्घटना न्युनिकरण गर्नका लागि शुक्रबारदेखि महाअभियान सुरु भएको हो ।

सदरमुकाम गाईघाटको नयाँ बसपार्कमा औपचारिक कार्यक्रम आयोजना गरी अभियान सुरु गरिएको थियो । कार्यक्रममा चालक र सहचालकको पहिचानका लागि तयार पारिएको पोशाक समेत वितरण गरिएको थियो ।

चालक र परिचालकहरुलाई आफ्नो पेशा प्रति उत्तरदायी बनाई सडक सुशासन कायम गर्न अभियानको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्कीे बताए ।

अभियानले एकै चोटी सवैकुरा पुरा नगरेपनि राम्रो कामको थालनि भएकाले विस्तारै दुर्घटना न्युनिकरण हुने त्रियुगा नगरापालिका मेयर बलदेव चौधरीले बताए ।  सार्वजनिक सवारी साधनका चालक र सहचालकले यात्रुहरु सँग राम्रो व्यावहार र मिठो बोलीको प्रयोग गर्नु पर्ने चौधरीले बताए ।

दुर्घटना न्युनिकरणका लागि झापाको विर्तामोडबाट सुरु भएको १५ दिने महाअभियान सुनसरीको धरानमा सम्पप्न्न हुनेछ । बिहीबार नेपाल प्रहरीको प्रहरी महानिरीक्षक सवेन्द्र खनालबाट सुरुवात भएको महाअभियान १५ औँ दिनका दिन धरानमा समापन हुने जिल्ला प्रहरी कार्यालयका प्रुमख एसपी चन्द्रदेव राईले बताए ।

अभियानको अवधिमा सडक दुर्घटना र यसबाट निम्तिन सक्ने खतरा, न्युनिकरणका उपाय, अनिवार्य पोसाक कार्यान्वय, जनचेतनामुलक कार्यक्रमहरु हुने एसपी राईले बताए ।

सवारी चालक र सहचालकहरुलाई केहि पोशाक वितरण गरिएको र अन्य चालक सहचालकले ट्रफिक प्रहरीले निर्धारण गरेको पोशाक प्रयोग गर्नु पर्ने जिल्ला ट्रफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सार्वजानिक सवारी साधनका चालक तथा परिचालकहरुलाई मर्यादित, पहिचानयुक्त तथा आफ्नो पेसा प्रति सदैव उत्तरदायी एवं जवाफदेही बनाइ सडक सुशासन कायम गर्न पोसाक कार्यान्वयन तथा सवारी दुर्घटना न्युनिकरण गर्ने उदेश्यले प्रदेशनं १ का सवै जिल्लाहरुमा महाअभियान सुरु भएको छ ।