Friday, May 1News That Matters

सप्तकोशीमा बेपत्ता भएका डाक्टरको शव फेला

पूर्णपुष्टि, भदौ २० । उदयपुरको बेलका नगरपालिका–८ स्थित चतरा पुल छेउमा गाडी राखेर बेपत्ता भएका डाक्टर उज्जवल कोइरालाको शव भेटिएको छ । झापाको दमक –१ निवासी ३२ वर्षीय डाक्टर कोईराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

१० गते सोमबार राति २ बजे आफु सवार १–०२–००२ च ४१६६ नम्बरको कार राखेर बेपत्ता भएका डाक्टर कोईरालाको शव मंगलबार अपराह्न फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । उनका अनुसार सुनसरीको वराहक्षेत्र २ नम्बर वडास्थित कोशी बगरको बाह्रआरी भन्ने ठाउँमा शव सडेको अवस्थामा फेला परेको हो । कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको र पुलको बीच भागमा उनले लगाएको जुत्ता, मोजा र मोबाइल भेटिएको थियो ।