Monday, April 20News That Matters

सप्तरीको अंकुरी महादेब मन्दिरमा श्रावण महिनाको सोमबारी धुमधाम साथ मनाउँदै

पूर्णपुष्टि, साउन ११

सप्तरी जिल्लाको महदेवा गाउँपालिका–२ मा अवस्थित अंकुरी महादेब (शिवलिङ्ग) मन्दिरमा आज श्रावन महिनाको पुर्णिँमा अनुसार पहिलो सोमबार धुमधामसँग मनाउँदै छ ।

अंकुरी महादेब मन्दिरमा  मिथिला साहित्य कला प्रतिष्ठान राजविराज सप्तरीले  राति  ३५ ओटा साईकल कबरिया सप्तरीको बरहि बिरपुर गाँउबाट ५० किलो मिटर यात्रा गर्दे, कोशी बाईरेजमा जल लिएर बिहान आठ बजे अंकुरी महादेबमा अर्पण गरिएको कबरिया समितिको संयोजक सुभाष बिरपुरीयाले बताउनुभयो ।

हिन्दुहरुको धर्मको परम्परा अनुसार भगवान शिव–पार्वती श्रावण महिनामा कैलाश पर्वत छोडेर विभिन्न शिवालयहको मन्दिरहरुमा आउने भएकाले भक्तजनहरु श्रावण महिनाको सोमबारका दिन भगवान शिवको बर्त वसी पूजाआरधना गर्दछन । श्रावण महिनामा शिवको पूजा गर्नाले भक्तजनहरुको मनोकामना चाडैं पूरा हुने मन्दिका पुजारी बद्री गिरीले बताउनुभयो ।

त्यस्तैगरि, विभिन्न गाउँपालिका तथा नगरपालिकाबाट श्रद्धालु भक्तजनहरुको आज बिहान ५ बजै देखी नै, महादेबमा जल अर्पण गर्नको लागि घुईचो लागेको थियो । सप्तरीको तिलाठी कोइलाडी गाउँपलिका, महदेवा गाउँपलिका , हनुमाननगर कंकालनी नगरपालिका, राजविराज नगरपालिका, कुनौलि बोडर लगाएतको स्थानहरुबाट  भक्तजनहरू महादेबको पूजा गर्न आउने गरेका छन् ।