Friday, October 4News That Matters

सबैको भूमिकाले शान्तिपूर्ण निर्बाचन सम्भव

पूर्णपुष्टि/उदयपुर, मंसीर २५ गते ।

मुख्य निर्बाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माले प्रत्यक्षतर्फको मतगणना शान्तिपूर्वक, विश्वसनीय र प्रभावकारीढंले सम्पन्न भएको प्रतिक्रिया दिनुभएको छ ।

मंसीर २२ गते बेलुकादेखि दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्बाचनको मतगणना थालिएकोमा रातदिन गरेर सोमबार विहान सकिएको उहाँले बताउनुभयो । यसमा राजनीतिक दल, सुरक्षा निकाय र संचारजगतको प्रशंसनीय सहयोग रहेको मुख्य निर्बाचन अधिकृत शर्माले बताउनुभयो ।

मतदानदेखि मतपेटीका संकलन र गणनासम्मको अवधीमा कुनै पनि अप्रिय घटना र सुरक्षा चुनौती सामना गर्न नपरेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेलले बताउनुभयो ।

उहाँले हिंसारहित निर्बाचन सम्पन्न भएको प्रतिक्रिया दिदै मतदाता, आम उदयपुरे नागरिक, राजनीतिक दल, उम्मेदवार तथा व्यवस्थापकीय भूमिकामा रहेको मुख्य निर्बाचन अधिकृतको कार्यालय, निर्बाचन अधिकृतको कार्यालय, प्रशासन, सुरक्षा निकायको प्रशंसनीय भूमिका रहेको बताउनुभयो ।

सुरक्षा निकायका सबै अंगहरु नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विशेष प्रहरीको समन्वयात्मक सुरक्षा योजना, रणनीय र कार्यन्वयन तथा क्रियाकलापले शान्तिपूर्ण निर्बाचन सम्भव भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0