Thursday, May 28News That Matters

सब्जि बजार बन्द गर्ने निर्णय

पूर्णपुष्टि, बैशाख ३ गते ।

उदयपुरको सदरमुकाम गाईघाटमा अवस्थित सगरमाथा सब्जी बजार बन्द गर्ने निर्णय भएको छ । बजार अनुगमन गर्दा सामाजिक दुरीसम्म कायम नगरेको पाईएपछि बजार बन्द गर्ने निर्णय गरेको हो ।

जनगुनासो तिब्र बढ्न थालेपछि सम्बन्धित निमायले बुधबार सब्जी बजार अनुगमन गर्दा बाक्लो भिडभाडका साथ सामाजिक दुरी कायम नगरेको पाईएपछि विहिबारदेखि बजार बन्द गर्ने निर्णय गरेको उदयपुर उद्योग बाणिज्य महासंघ उदयपुरका प्रथम उपाध्यक्ष रमेश रसाईलीले बताए ।

प्रशासन, स्थानीय सरकार, सुरक्षाकर्मी, उदयपुर उद्योग बाणिज्य महासंघ लगायतका सम्बन्धित निकायले बजार अनुगमन गर्दा कुनै सुरक्षा अपनाएको नपाएपछि कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दौ उच्च सर्तकताका साथ बजार बन्द गर्ने निर्णय गरेको रसाईलीले बताए ।

बजार बन्द भएपछि आम नागरिकमा पर्न गएका असुविधा प्रति विशेष ध्यान राख्दै सम्बन्धित निकायसँग छलफल बसेर विकल्प निकाल्ने रसाईलीले बताए ।