Sunday, June 7News That Matters

सभामुखमा सापकोटा निर्विरोध निर्वाचित

माघ १२ गते । 

अग्निप्रसाद सापकोटा प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचिचत भएको छ । संसदको आईतबार बसेको बैठकबाट सापकोटा निर्विरोध सभामुख पदमा निर्वाचित भएकोे हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सापकोटाको मात्र सभामुखमा उम्मेदवारी दिएपछि बैठकबाट निर्विरोध निर्वाचित भएको ज्येष्ठ सदस्य महन्थ ठाकुरले  घोषणा गरेको थियो ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले  समर्थन जनाएको थियो ।