
उदयपुर, मंसिर १८ गते ।
संविधान र संघियता कार्यन्वयन र अन्तरसम्बन्ध विषयकको एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न सभामुख कृष्ण बहादुर महरा उदयपुरमा आईपुगेको छ ।
जिल्ला समन्वय समिति उदयपुरको आयोजनामा हुने अन्तरक्रियालाई सम्बोधन गर्न सभामुख महरा उदयपुर आईपुगेको हो । उच्च सुरक्षाको स्कटीङ्मा विराटनगर हुदै सोमबार राती उदयपुर आईपुगेका हुन् ।
उदयपुर सिमेन्ट उद्योगको अतिर्थि गृहमा बसेका सभामुख महरा सवै सुरक्षाका विचमा रहेका थिए । उनले आज ८ बजे देखि जिल्ला समन्वयन समितिको हलमा हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा जिल्लाको ८ वटै पालिकाको मेयर, उपमेयर,अध्यक्ष, उपअध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, जिल्लाको सरकारी कार्यालयको प्रमुख, पाटी प्रमुख लगायतको उपस्थिती रहने जिल्ला समन्वयन समितिले जनाएको छ ।