Tuesday, April 21News That Matters

समाजसेवी कृष्ण चाम्लीङको निधन

पूर्णपुष्टि, माघ १४

किरात राई यायोक्खा उदयपुरको जिल्ला संस्थापक अध्यक्ष एवम् समाजसेवी कृष्ण चाम्लीङको गएराती निधन भएको छ ।

७३ बर्षको उमेरमा उहाँको उपचारको क्रममा काठमाण्डौँको गंगालाल अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । चौदण्डीगढी नगरपालिका वडा नं ६ बेल्टार चाम्लीङ चोक निवासी उहाँको पार्थिक शरिरलाई घरमै ल्याई अन्यष्टि गरिने परिवारलाई उदृत गर्दै किराया उदयपुरका अध्यक्ष बलधन राईले जानकारी दिनुभयो ।

उहाँ ब्रिटिस सेनाबाट सेवा निर्वित भई लामो समयदेखि समाज सेवा र सामाजिक आन्दोलनमा सशक्त ढंगले लागि रहनुभएको थियो ।

 

आफ्नो समुदायप्रति पनि भाषा धर्म संस्कार र संस्कृतिका लागि चेतना जगाउने अभियान्ता तथा बौद्धिक व्यक्तित्वको रुपमा परिचत उहाँले शिक्षाको क्षेत्रमा उत्तिकै योगदान पुराउनु भएको थियो ।

ज्योति माध्यमिक विद्यालय बेल्टारलाई ६७ सालमै ५० हजार रुपयाँको अक्षय कोष स्थापना गरिदिनु भएको थियो । जस्को ब्याज बापतको रकमबाट प्रत्येक बर्ष एसइइमा प्रथम हुने छात्र, छात्रलाई पुरस्कृत गर्ने गरिएको छ ।