
पूर्णपुष्टि, असोज १७ गते ।
आसन्न संघ र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाईको काम सुरु भएको छ । निर्वाचन आयोगले आजबाट मतत्र छपाईको काम सुरु गरेको प्रवक्ता नवराज ढकालले बताए ।
आयोगले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि १ करोड ८० लाख हाराहारीमा मतपत्र छाप्न लागेको प्रवक्ता ढकालले बताए । जनक शिक्षा सामाग्री केन्द्रले छपाईको जिम्मा लिएको छ ।
आयोगले निर्वाचन हुने १ सय ६५ निर्वाचन क्षेत्रमा एक–एक जनाका दरले निर्वाचन अधिकृत नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको पनि जनाएको छ ।