Sunday, August 9News That Matters

सम्राट आयुर्वेध औषाधलयले कोरोना संक्रमितहरुलाई निशुल्क रोग प्रतिरोधात्मक औषाधि वितरण गर्ने

पूर्णपुष्टि, बैशाख ३०

सम्राट आयुर्वेध औषाधलय गाईघाटले निशुल्क आयुर्वेध औषधी वितरण गर्दै छ । कोरोना संक्रमित विरामिहरुलाई बिभिन्न किसिमको समिस्रण रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गर्न लागेको सम्राट आयुर्वेध औषाधलयका प्रोपाईटर प्रभु कटुवालले बताउनुभयो । कटुवालले आयुर्वेध औषधी सेवनले इम्युनिटि पावर बढाउने हुनाले कोरोना संक्रमितहरु चाँडै निको हुने र बिरामीलाई सहज बनाउने बताउनुभयो । कोरोनाले निकै असहज बनाएको अवस्थामा रोगप्रतिरोधात्मक क्षमता बृद्धि गर्ने हुनाले यो औषधी अहिले महत्वपूर्ण र मानव जिवन रक्षाका लागि अतिआवश्यक रहेको बताउनुभयो ।

७ प्रकार भन्दा बढी औषधीहरु समिस्रन गरी बनाइएको औषधीमा कोरोना उपचारको लागि निकै उपयोगी रहेको कटुवालले बनाउनुभो ।