
पूर्णपुष्टि, चैत ८
सरकारले चालु आर्थिक वर्षको सात महिनामा साढे ९० अर्ब रुपैयाँ आन्तरिक ऋण लिएको छ ।
चालु आव साउनदेखि माघ मसान्तसम्म ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण सरकारले लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
सङ्घीय सरकारले २० अर्ब पाँच करोडको ट्रेजरी बिल र ७० अर्ब रुपैयाँको विकास ऋण पत्र गरी कुल ९० अर्ब ५० करोड रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको बैंकले जनाएको छ ।
चालु आवको लागि सरकारले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेकोमा राजस्वबाट आठ अर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड रुपैयाँ बेहोर्ने उल्लेख गरेको थियो । अपुग रकममध्ये वैदेशिक ऋणबाट दुई खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ र दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने बजेटमा उल्लेख छ ।
दुई खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने लक्ष्य रहेकोमा सरकाले सात महिनामा ९० अर्ब ५० करोड रुपैयाँ लिइसकेको छ ।
