
झापा, असार २३ गते ।
झापामा सर्पले टोक्दा एक बालकाको मृत्यु भएको छ । झापा गाउँपालिका – ६ निबासीे ७ वर्षीया निरु गोसाईलाई सर्पले टोक्दा मृत्यु भएको हो ।
उक्त पालिका निबासी बैजुनाथ गोसाईको छोरीलाई राति करिब २ बजे सुति रहेको बेला गोमन सर्पले टोकेको थाहा पाएप्छि उपचारको लािग कन्काई नगरपालिका – ४ को कोटीहोम सर्पदंश उपचार केन्द्र लगी उपचार गराउने क्रममा गोसाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सर्पले टोकेर घाईते भएका गोसाईको सर्पदंश केन्द्रमा उपचारको क्रममा विहान करिब ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।