Monday, February 17News That Matters

सर्पले टोक्दा के गर्ने ?

नेपालमाका भित्रीमधेश तथा तराईमा गर्मी मौसम सुरु भएसँगै सर्पको विगविगी हुन्छ । वर्षेनी दर्जनौ मानिसहरुको सर्पका टोकाईबाट मृत्यु हुने गरेका छन् ।

सर्पले टोकेपछि दुख्ने, सुन्निने र आन्तरिक रक्तस्राब पनि हुन सक्छ । सर्पले टोक्दा के गर्ने ? के नगर्ने ? चिकित्सकहरुको सुझाव निम्नानुसार छ ।

 

के गर्ने ?

१. सर्पले टोक्ने वितिकै तत्काल प्राथमिक उपचार गर्ने । टोकेपछि विभिन्न टिटानस र ब्याक्टेरियको संक्रमणले खतरा हुन सक्छ ।

२. टोकेको स्थानिमा अलि अलि चलाउने यसो गर्नाले चाँडो विष फैलन दिदैन ।

३. कस्ता खालको सर्प र स्थान याद गर्ने । यसले उपचार गर्दा चिकित्सकलाई सहयोग पुग्नेछ ।

४. कति बेला टोकेको समय ख्याल गर्ने ।

५. सर्पदंश उपचार केन्द्रको नम्बर सधैं साथमा राख्ने ।

 

के नगर्ने ?

१. सर्पलाई जिस्काउने, समात्ने, मार्ने कोशिस नगर्ने ।

२. टोकेको ठाउँमा नचुस्नु होला । विष मुखबाट गए अर्को खतरा हुनेछ ।

३. टोकेको स्थानमा कस्सेर नबाध्ने ।

४. सर्पले टोकेपछि मध्यपान नगर्ने । यसले विष चाँडो फैलन सहयोग गर्छ ।

५. टोकेको ठाउँमा कुनै प्रकारको मल्हम नलगाउने ।

६. टोकेको ठाउँबाट रगत नझार्ने । यसले शरीरको तन्तु नष्ट गर्छ ।