
साउन १५ गते ।
सर्वसाधरणले नेपाली सेनाको पोशाकसँग मिल्दोजुल्दो कपडा प्रयोग गर्न थालेकाले नियमन थालिएको छ ।
सैनिक पोशाकसँग मिल्दो कपडाको दुरुपयोग बढ्दै गएकाले सेना बाहेकका अन्य व्यक्तिलाई उक्त पोशाक प्रयोग गर्न नपाउने व्यवस्था गृह मन्त्रालयले लागू गरेको हो ।
नेपाली सेनाको आग्रहमा मन्त्रालयले ७७ वटा जिल्लामै सर्वसाधारणले सैनिक पोशाक प्रयोग गर्न नपाउने व्यवस्था मिलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेको मन्त्रालयले जनाएको छ ।
वन रक्षक तथा निजी सुरक्षागार्डले पनि सैनिकको जस्तै पोशाक लगाउन थालेपछि सेनाले आपत्ति जनाएको हो ।