सवारी दुर्घटनामा १ को मृत्यु, १ घाईते

पूर्णपुष्टि, पुष ११
सुनसरीमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने एक जना घाईते भएका छन् । जिल्लाको बर्जु गाउँपालिका–२ स्थित सडक खण्डमा मोटरसाईकल र साईकल एक आपस्पमा ठोक्कीदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाईकल चालकको बर्जु गाउँपालिका–६ का २२ वर्षीय रंजित चौधरीको जयान गएको हो ।
हिजो दिउँसो पौने ३ बजे को.२१ प ९४४६ नम्बरको मोटरसाईकलले साईकल यात्री बर्जु–१ का ४५ वर्षीय चमरु ऋषिदेवलाई ठक्कर दिंदा दुबै जना घाईते भएका थिए । घाईते दुबैलाई नोवेल अस्पताल बिरानगरमा उपचारको क्रममा मोटरसाईकल चालक चौधरीको ज्यान गएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: