
ओखलढुङगा, चैत्र ११ गते ।
ओखलढुङगाको मानेभञ्ज्याङमा मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मानेभञ्ज्याङ गाउँपालिका–५ निबासी २५ बर्षीया पबित्रा राईको मृत्यु भएको हो ।
हर्कपुरबाट मानेभञ्ज्याङ तर्फ जादै गरेको ना ६ त ७३६० नम्बरको ट्याक्टर र विपरित दिसाबाट आउँदै गरेको बा ६३ प ९३५५ नम्बरको मोटरसाइृकल मानेभञ्ज्याङ जेरुङ गाउँमा बिहान ११ बजे एकआपसमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल ट्याक्टर ठोकिदा मोटरसाईलकमा पछाडी सवार पबित्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।
मोटरसाईकल चालक सोही स्थानका २४ बर्षीय सुजन राई र उक्त मोटरसाईकल पछाडी नै सवार रहेका अर्का १९ बर्षीय सनम राईको मिसन अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर र ट्र्याक्टर चालक प्रहरीले नियन्त्रणमा लिनएको जिप्रकाले जनाएको छ ।
