Saturday, June 13News That Matters

सवारी दुर्घटनामा २ जनाको मृत्यु

सुनसरी, कार्तिक २५

सुनसरीको छुट्टाछुट्टै दुई ठाउँमा सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
बराहक्षेत्र नगरपालिका–१ करमखोला पुलमा आज बिहान सवा ८ बजे प्रदेश १–०२–०४० प ५२९६ नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा घाईते भएका स्थानीय ५५ बर्षीय धन बहादुर कार्कीको उपचारको क्रममा बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल ईलाका प्रहरी कार्यालय चतराले नियन्त्रणमा लिएको छ भने घाईते मोटरसाईकल चालकको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी हरिनगररा गाउँपालिका–३ मा आज बिहान साँढे ९ बजे को २ त ९५८९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरका सह–चालक रामधुनी–१ का मनोज श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गौतमपुरमा निर्माणाधिन सडकको लागी पानी बोकेर जाँदै गरेको उक्त ट्याक्टर आफै अनियन्त्रीत भई बिजुलीको पोलमा ठोक्किदा घाईते भएका सह–चालक श्रेष्ठको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।