Sunday, June 28News That Matters

सवारी दुर्घटना हुँदा ११ दिने शिशुको मृत्यु : ६ जना गम्भीर

पूर्णपुष्टि, कार्तिक २१ गते ।
धनुषामा आफै गाडी अनियन्त्रित भई दुर्घटना हुँदा एक नवजात शिशुको ज्यान गएको छ, भने ६ जना गम्भीर घाइते भएका छन् । जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनिया गाउँपालिका नजिक हिजो दिउँसो अनियन्त्रित भई दुर्घटना भएको हो ।
सो दुर्घटनामा ११ दिने नवजात शिशुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीकाअनुसार ६ जना गम्भीर घाइते भएका छन् ।
उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन् । गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचार नजिकैको सेन्ट्रल हस्पिटलमा भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले जानकारी दिए ।