Sunday, May 17News That Matters

सवैले प्रवेश परीक्षामा दिन पाउने

पूर्णपुष्टि, असोज २२

चिकित्सा शिक्षा आयोगले लिन लागेको स्नातकोत्तर तहको परीक्षामा सवै सहभागि हुन पाउने भएको छ ।
यहि असोज २७, २८ र २९ गते लिइने स्नातकोत्तर तहको प्रवेश परीक्षामा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर  परीक्षा लिईने भएको हो ।

आयोगले आज सूचनामार्फत कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर परीक्षा हुने दाबी गरेको छ ।

यदि कोरोना सङ्क्रमित विद्यार्थी पनि प्रवेश परीक्षामा सहभागी हुन चाहेमा छुट्टै कोठामा राखेर परीक्षा लिइने आयोगले जनाएको छ ।