Tuesday, April 21News That Matters

सशस्त्र प्रहरीले लागु औषाध सहित २ जनालाई पक्राउ गर्‍यो

पूणर्पुष्टि, असोज २

उदयपुरमा सशस्त्र प्रहरीले लागुऔषाध सहित २ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी वल नेपाल ५ नं गण हेक्वा त्रियुगा उदयपुरले शुक्रबार लागुऔषाध सहित २ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिका १२ का ३० बर्षिय सुमन कुमर र १५ बर्षिय राजुराम भगत रहेको छ । उनिहरुलाई त्रियुगा नगरपालिका ४ बगाहाको फर्सेट खोलाबाट पक्राउ गरिएको सशस्त्र प्रहरीवलका एसपी सुधिर सुवेदीले बताउनुभयो । 

उनिहरुको साथबाट २ पिस फेनारागन, २ पिस नुर्फिन, २ पिस डाईजिल्याव र ६७ ओटा नाईट्रोजिम ट्यावलेट सँगै ३ ओटा एटिएम, १ ओटा मोवाईल, १ वटा सवारी अनुमति पत्र र ८ हजार ६ सय १० पैसा समेत बरामद गरेको एसपी सुवेदीले बताउनुभयो ।

लागुऔषाध र ति व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यलय उदयपुरमा जिम्मा लगाईएको सुवेदीले बताउनुभयो ।