
उदयपुर, असार ९ गते ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी विराटनगरमा साझा सहमतिमा निर्णय गरेजस्तै नामाकरण पनि गरिने बताएकन छन् ।
प्रेस संगठन नेपाल उदयपुरले आईतबार सदरमुकाम गाईघाटमा आयोजना गरेको पत्रकार भेटघाटमा मुख्यमन्त्री राईले किराँत, कोसी, सगरमाथा वा दुई शब्दलाई जोडेर साझा सहमतिबाटै नामाकरण गरिने बताए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले भर्खरै ल्याएको बजेट तथा नीति कार्याक्रममा कृषि र पर्यटनलाई जोड दिएको बताए । उनले प्रदेश १ को सम्बृद्धिको आधार भएकाले कृषि र पर्यटनमा जोड दिएको बताए ।
उनले सरकारका विरुद्ध बाह्य र भित्रीरुपमा आक्रमण भइरहेकाल त्यसविरुद्ध लड्नु पर्ने धारणा व्यक्त गरे । सरकारले गरेका महत्वपूर्ण कामलाई पनि नराम्रो भएको भन्दै सरकारको कामकारवाहीलाई गलत प्रचार प्रचार गरेर विभिन्न रुपमा आक्रमण गरिरहेको भन्दै उनले संघियता नचाहिनेहरुको जमातले यस्तो हुर्मत लिएको दावि गरे ।
संघीयता कसैको चाहाना र रहरले नआएको भन्दै मुख्य मन्त्री राईले संघीयता असफल हुन नसक्ने बताए ।
उदयपुर गोल्डकपको उदघाटन गर्न आएका मुख्यमुन्त्री राईले प्रदेश १ मा फुटवल खेल फष्टाउँदै गएकाले प्रदेश १ लाई लोकप्रीय खेल बनेको फुटवलको राजधनी प्रदेश १ लाई बनाउने गरी प्रदेश सरकार लागि परेको मुख्यमन्त्री राईले बताए ।