
उदयपुर, फागुन ३० गते ।
साँझ ५ बजेपछि नेकपा माओवादी (विप्लब समुह) ले गरेको बन्दको प्रभाव सामान्य भएको छ ।
बन्दको कारण दिन भर उदयपुरको जनजीवन प्रभावित बनेको थियो भने साँझपख प्रभाव सामान्य भएको हो ।
विप्लवको बन्दले बजार, पसल बन्द र यातायात संचालन समेत ठप्प भएको थियो । । एकाविहानैदेखि जिल्लाको मुख्य बजारहरु गाईघाट, कटारी, बेल्टार, मुर्कुची सानसुन भएको थियो । तर साँझपख भने बन्द सामान्य भएपछि केहि चहलपहल बढेको थियो ।
बन्द भएको केहि पसलहरु साँझपख खुलेका छन् । तर साँझपस पनि यातायात सेवा ठप्प हुँदा धरान, विराटनगर, काकडभिट्टा, दिक्तेल, काठमाडौं लगायतका ठाउँ सम्मको यात्रामा निस्कीएका यात्रुहरु अलपत्र भई बस्न बाध्य छन् ।