बिराटनगर, माघ १६ गते ।
मोरङ र झापाको सिमानाकाबाट प्रहरीले साँढे सात लाख भन्दा बढीको अबैध समान बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको करिब पाँच लाख बराबरको घडी बुधवार बेलुका साँढे ५ बजे बिराटनगर महानगरपालिका–१५ बाट प्रहरीले बरामद भएको हो ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटेका टोलीले चेकजाँच गर्ने क्रममा उक्त मुल्य बराबरको अबैध सामनहरु बरामद गरेको प्रहरीले जनाएको छ ।
यसैगरी झापाको बाह्रदशी गाउँपालिका–२ का तिककचन राजवंशीको गोठमा अबैध रुपमा लुकाई छिपाई राखिएको करिव दुई लाख ५० हजार रुपैयाँ बराबरको सुर्ती बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटेका प्रहरी टोलीले उक्त मुल्य बराबरको सुर्ती बरामद गरेको प्रहरीले जनाएको छ ।
