
उदयपुर, फागुन ५ गते ।
स्थानीय प्रतिभाको उच्च कदर गर्दै प्रदेश सांसद नारायण बुर्जामगरले एक लोकगीतको भिडियोको लोकार्पण शनिबार गर्नुभएको छ । सांसद मगरले त्रियुगा नगरपालिका ७ कौवाईमा कवि तथा गीतकार लेखबहादुर कार्की र पुष्पा राईको रचनाको पहिलो लोकगीत पिपल छायाले र रौतामाई गाउँपालिका ७ का एकराज राना मगरको भिडियो निर्देशन, छायांकन तथा सम्पादनमा तयार भएको भिडियो लोकार्पण गर्नुभएको हो ।
एक समारोहकाबीच लेखबहादुर कार्कीको पहिलो गीति कोशेली र ब्रोदर स्टुडियोको प्रस्तुतीमा तयार भिडियो सार्बजनिक गर्दै सांसद मगरले आप्mनै ठाउँमा राम्रो कला, प्रतिभा र सिर्जना देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले बृद्धअवस्थामा पनि नेपाली लोकसंगीतको क्षेत्रमा सिर्जनसिल देखिएकोमा ६८ वर्षे कार्कीको प्रशंसा गर्नुभयो । शारीरिकरुपमा एउटा खुट्टा कमजोर रहेपनि निर्देशन, छायांकन तथा सम्पादन जस्तो कठिन काम राम्रोसंग गरेकोमा सिर्जनशिल युवा मगरको पनि प्रशंसा गर्नुभयो । उहाँले यस मर्मस्पर्सी गीतले गाँउघर र नेपालीपनको झलक दिएको र भिडियो नै बनेपछि अझ जीवन्त बनेको बताउनुभयो । भिडियोलाई पूर्णपुष्टि अनलाईनको अफिसियल युट्युब च्यानल पूर्णपुष्टि टिभीले प्रशारणमा ल्याएको छ ।
गाउँघर र नेपाली परिवेशलाई समेटेर रचना गरिएको गीतको छायांकन उदयपुर सिमेन्ट उद्योगको चुनढुंगाखानी क्षेत्र सिधाली, कौवाई र मुर्कुची आसपासमा गरिएका हुन् । विक्रम लुङ्गेलीको नृत्य निर्देशन रहेको भिडियोमा स्थानीय कलाकारहरु आकाश मगर र यमुना मगरले मूख्य अभिनय गरेका छन् भने अन्य कलाकारहरु कविता थापा, कन्चना राना, स्मृती मगर, प्रमिता मगर, बसन्त लुङ्गेली, सहीम मगर, विहान राना, दिपसन घलेले साथ दिएका थिए । गीतमा गायक युवराज कोइराला र गायिका अन्जु राईले स्वर दिएका छन् ।
स्थानीय बृद्ध कर्णबहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा नेपाल पत्रकार महासंघ, प्रदेश नं. १ का सचिव हरिकुमार राई, शाखा उदयपयुरका अध्यक्ष भरत खड्का, उपाध्यक्ष भोटराज राई, सचिव पर्शुराम थापा, सहसचिवहरु विदुर कटुवाल, गजेन्द्र राई, पत्रकार शंकर रिखाम मगर र होम बस्नेतको उपस्थिति थियो भने स्थानीय नागरिक समाज, समाजसेवी र स्थानीयहरुको व्यापक सहभागिता थियो ।


गीत रचना : लेखबहादुर कार्कीभिडियो
सुटिङका तस्बिरहरु :